खतिवडाले भने – गठबन्धन निर्वाचनसम्म कायम रहन्छ

नेपालखोज २०७८ पुष १० गते २१:२२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले संकटमा परेको लोकतन्त्रलाई बचाउन गठबन्धनको सरकार गठन भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट कागेश्वरी मनहरा नगरपालिका–९ को युवा भेलामा मन्त्री खतिवडाले अद्यावधिक निर्वाचनबाट प्राप्त हुने जनमतबाट लोकतन्त्र मजबुत हुने हुँदा आगामी आम निर्वाचनसम्म गठबन्धन कायम रहने बताए ।

करिब दुई तिहाइ बहुमत निकट रहेको सरकार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको पटक–पटक प्रतिनिधिसभा विघटन ढाकछोप गर्न अहिले संसद्मा अवरोध गरिरहेको उनको भनाइ थियो ।

एमालेले नीति निर्माण गर्नुपर्ने जनप्रतिनिधिमूलक थलो संसद्मा गतिरोध उत्पन्न गरी भत्तालगायत अन्य सुविधा लिने गरेको जिकिर गरे । भेलामा श्याम गिरीको नेतृत्वमा ५१ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।

प्रतिक्रिया