जेम्स वेब टेलिस्कोप : ब्रह्माण्डको सबैभन्दा पहिलो तारा खोज्ने उद्देश्यसहित अन्तरिक्ष यात्रामा

काठमाडाैं । ब्रह्माण्डको सबैभन्दा पहिलो तारा खोज्ने उद्देश्यसहित दश अर्ब डलर खर्च गरेर बनाइएको जेम्स वेब टेलिस्कोप शनिबार अन्तरिक्ष यात्रामा निस्किएको छ । दक्षिण अमेरिकाकी फ्रेन्च गुयानाको एरियन रकेटबाट इतिहासकै सबैभन्दा ठूलो भनिएको जेम्स वेब स्पेस टेलिस्कोप प्रक्षेपण गरिएको हो ।
उक्त उडान पृथ्वीको कक्षमा ३० मिनेटभन्दा कम समय रहेको थियो र केन्याको मालिन्डीस्थित एन्टेनाले प्रक्षेपण सफल भएको संकेत प्राप्त भएको पुष्टि गरेको थियो ।
चन्द्रमामा एपोलो मिसनमार्फत अन्तरिक्षयान पुर्याउने प्रमुख भूमिका खेलेका वेबको नाम दिइएको यो नयाँ टेलिस्कोप हबल टेलिस्कोपको उत्तराधिकारी हो ।
अमेरिकी, युरोपेली र क्यानडाली अन्तरिक्ष एजेन्सीमा काम गर्ने इन्जिनियरहरूले यो नयाँ टेलिस्कोप हबलभन्दा १०० गुणासम्म शक्तिशाली हुने बताएका छन् ।
उक्त टेलिस्कोप बोकेको रकेटले पृथ्वी छाड्दा अमेरिकी अन्तरिक्ष निकाय नासाका एक जना टेलिभिजन प्रस्तोता रब नाभिसले जेम्स वेबले ब्रह्माण्डको जन्मतर्फको यात्रा पुन: सुरु गरेको बताए।
उक्त टेलिस्कोपलाई पृथ्वीबाट पठाइएको हेर्न आतुर भएका मानिसहरू पनि उक्त क्षणलाई लिएर तनावमा थिए । विश्वभरका हजारौं मानिसहरू उक्त परियोजनामा पछिल्लो ३० वर्षयता कार्यरत थिए । एरियन एउटा विश्वसनीय वाहक भएपनि रकेटको सन्दर्भमा प्रक्षेपणहरू सफल नै हुन्छन् भन्ने निश्चित छैन । बीबीसी
प्रतिक्रिया