शनिबार, असार २१, २०८२

मलेसियामा बाढी, ४६ को मृत्यु, ८ जना अझै बेपत्ता

नेपालखोज २०७८ पुष ११ गते १२:१४

क्वाललम्पुर । मलेसियामा केही दिनयता देखिएको भीषण बाढीका कारण यहाँका कम्तीमा पनि ४६ जनाको ज्यान गएको बताइएको छ । यहाँ केही दिनयतादेखि जारी रहेको मौसमी बाढीबाट शनिबारसम्म ४६ जनाको ज्यान गएको बताइएको हो ।

यहाँका उद्धार अधिकारीहरुले अरु आठ जना अझै बेपत्ता भएका बताएका छन् । मलेसियाको मौसम विभागले शनिबार पहाङ, तेरेंगानु र केलान्तानका तटीय राज्यहरूमा धेरैको ज्यान गएको बताएको छ । साथै ती क्षेत्रमा अझै पनि भारी वर्षा र मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जनाएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया