आइतबार, जेठ ६, २०८१

सलमान खानलाई सर्पले डस्यो

नेपालखोज २०७८ पुष ११ गते १३:३१

मुम्बई । अभिनेता सलमान खानलाई सर्पले डसेको छ । अहिले उनी अस्पतालमा उपचार गराएर सुरक्षित भइसकेका छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार यो घटना २५ डिसेम्बर अर्थात हिजाे राति ३ बजेकाे हाे ।

सलमान खान गएराति पनवेलस्थित आफ्नो फार्म हाउसमा थिए जहाँ उनलाई सर्पले डसेको बताइन्छ । सलमान परिवारसहित आफ्नो जन्मदिन मनाउन त्यहाँ गएको बताइएको छ । रिपोर्टअनुसार सलमानलाई टोक्ने सर्प विषालु भने थिएन । यद्यपि सलमानलाई उपचारका लागि तत्काल कमोथे एमजीएम हस्पिटल पुर्याइएको थियो ।

आज बिहान करिब सबा ९ बजे उनी अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनको अवस्था सामान्य छ । सलमान खानको फार्म हाउस पहाड र वन क्षेत्रले घेरिएको छ । जहाँ अक्सर सर्प तथा अजिगंरहरु फेला पर्छन् । यस विषयमा सलमान खानको परिवार तथा उनको टिमले भने केही जनाएको छैन ।

प्रतिक्रिया