आइतबार, जेठ ५, २०८२

कश्मीरमा गोली हानाहान, ३ आतंककारीको मृत्यु

नेपालखोज २०७८ पुष ११ गते १४:४२

दिल्ली । भारत नियन्त्रित कश्मीरमा दुई छुट्टाछुट्टै गोली हानाहानमा तीन आतंककारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले पुलवामा जिल्लाको त्रालमा दुई आतंककारीको मृत्यु भएको र अनन्तनाग जिल्लाको श्रीगुफ्वारा क्षेत्रमा एक जनालाई गोली हानेर मारिएको बताएको छ।

प्रहरी, सेना र अर्धसैनिक बलको संयुक्त टुकडीले विद्रोहीहरूको उपस्थिति रहेको संकेत गर्ने विशेष गुप्तचर सूचनाको आधारमा गाउँहरूले घेरेपछि दुवै ठाउँमा बन्दुकधारीहरूले गोली चलाएको प्रहरी प्रवक्ताले बताए। झडपमा सरकारी सेनालाई कुनै क्षति नभएको पनि जनाइएको छ ।

प्रतिक्रिया