सूचक तथा कारोबार रकम दुवैमा उच्च वृद्धि, ५ अर्ब १७ करोड बढीको सेयर किनबेच

नेपालखोज २०७८ पुष ११ गते १५:४१

काठमाडौं । नेप्सेले साताको पहिलो कारोबार दिन नै छलाङ मारेको छ । नेप्से आज ७१ दशमलव दुई अंकले बढेर २५ सय ९१ दशमलव ४२ अंकमा पुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १३ अंकले बढेर चार सय ८२ दशमलव ७४ अंकमा पुगेको छ । दुई सय ३१ वटा कम्पनीहरुको ६२ हजार २१ पटकको कारोबारमा ८६ लाख एक हजार नौ सय ५६ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब १७ करोड ३२ लाख पाँच सय तीन रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकोमा जलविद्युत र फाईनान्स समूहहरुको सूचक क्रमश तीन दशमलव ४६ र २४ दशमलव दुई अंकले घटेर बाँकी समूहहरुको सूचक उच्च अंकले बढेका छन् । सो मध्ये वाणिज्य बैंक समूहको सूचक २० दशमलव ४५ अंकले बढेर १७ सय ३७ दशमलव सात अंकमा चढेकोमा निर्जिवन बिमा समूहको सूचक पनि नौ सय सात दशमलव एक अंकले बढेर १२ हजार आठ दशमलव ८६ अंकमा चढेको छ ।

त्यसैगरी जीवन बिमा समूहको सूचक पनि एक अंकले बढेर १४ हजार छ सय १७ दशमलव ८८ अंकमा चढेकोमा विकास बैंक, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि उच्च अंकले बढेका छन् ।

नेप्सेमा आज एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर छ सय ७६ रुपैयााँ ५० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुंदा गोर्खाज फाईनान्सको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव ५७ प्रतिशतले घटेर सात सय ९७ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

त्यसैगरी आज नबिल बैंकको प्रतिकित्ता १५ सय २४ रुपैयाँ अन्तिम मूल्यमा ३२ करोड सात लाख ४९ हजार सात सय ३६ रुपैयाँ ३० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया