देशको राष्ट्रियता बलियो बनाउन सबै राजनीतिक दलहरु एकजुट हुनुपर्छ : कुन्ती शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्ती शाहीले देशको राष्ट्रियता बलियो बनाउनका लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताएकी छन् । आइतवार नेकपा(माओवादी केन्द्र)को आठौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री शाहीले राजनीतिक दलहरु आ–आफ्नो विचार र वादभन्दा माथि उठेर राष्ट्रियतालाई बलियो बनाउन लाग्नु पर्ने बताएकी छन् ।
उनले राष्ट्रियता बलियो भएको देश बनाउन सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने धारणा राखिन । नेपाली युवाहरुको चाहाना विदेशीले हस्तक्षेप गर्न नसक्ने बलियो देश, स्वावलम्वी अर्थतन्त्र भएको देश बनाउने रहेको भन्दै माओवादी केन्द्रले महाधिवेशनबाट त्यस्तै प्रकारको नीति लिनेमा उनले विश्वास व्यक्त गरिन् ।
त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल कुमार झाले संघीयता र समावेशीकरणको एजेण्डालाई सफल बनाउनुपर्ने बताएक छन् । उनले संविधानमा सबैथोक भएपनि केही नभएको भनि टिप्पणी गरे । मधेश आन्दोलनको माग आजसम्म पनि सम्बोधन हुन नसकेको भन्दै उनले नेताहरुको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया