शनिबार, जेठ ५, २०८१

माघ १८ देखि क्यान इन्फोटेक–२०२२ आयोजना गरिँदै

नेपालखोज २०७८ पुष ११ गते २३:००

काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले माघ १८ देखि २३ गतेसम्म क्यान इन्फोटेक–२०२२ आयोजना गर्ने भएको छ । महासंघले आइतबार पत्रकार सम्मेलन गरी काठमाडौंको भृकुटीमण्डपमा माघ १८ देखि २३ गतेसम्म क्यान इन्फोटेक–२०२२ आयोजना गर्ने भएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघका अध्यक्ष नवराज कुवरले गत वर्षको कोरोना महामारीको कारण इन्फोटेक गर्न नपाएको बताए । उनले गत वर्षको निरन्तरता स्वरुप इन्फोटेक–२०२२ लाई विशेष बनाउन खोजेको बताए । अध्यक्ष कुवरले यो वर्ष इन्फोटेक–२०२२ मा अन्य विभिन्न क्षेत्रलाई समेत समेटिएकाले इन्फोटेकको २७ औं संस्करण अवलोकन गर्न आउनेलाई हेर्न लायक बनाउने बताए

उनले इन्फोटेकमा होटल महासंघसँगको सहकार्यमा फुटका स्टलहरु पनि राखिने बताए । अध्यक्ष कुवरले कोरोना महामारीले सुचना प्रविधि के हो र यसको प्रयोग कसरी गर्ने भन्ने कुरा सिकाएकाले इन्फोटेक–२०२२ अझ महत्वपूर्ण हुने अपेक्षा रहेको बताए । उनले महासंघले सूचना प्रविधिको प्रर्वद्धन समेत गर्ने भएकाले इन्फोटेक–२०२२ मा प्रवेश शुल्क १ रुपैँया राखिएको बताए ।

इन्फोटेकको २७ औं संस्करण माघ १८ गतेबाट सुरु भएर २३ गते ६ दिनसम्म चल्ने छ । इन्फोटेक प्रदर्शनीको लागि पौस १३ गतेदेखि बुकिङ खुल्ला हुने भएको छ । क्यान इन्फोटेकको २०२२ मा ३ लाख भन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरेको छ ।

प्रतिक्रिया