शुक्रबार, वैशाख २१, २०८१

वर्ष २०२२ मा ‘केतु’ले कसमा के-कति असर ?

नेपालखोज २०७८ पुष १२ गते ७:३०

केतुको राशि परिवर्तन सबै राशिका लागि अर्थपूर्ण हुन्छ । केतुको राशि परिवर्तनले सबै राशिका स्वामिमा शुभ तथा अशुभ दुवै किसिमको प्रभाव छोड्छ । केतु २०२२ को अप्रिल १२ मा वृश्चिक राशिबाट तुला राशिमा प्रवेश गर्नेछन् । यसबाट राशिहरूमा पर्ने प्रभाव कस्तो रहला त ?

मेष : शारीरिक अस्वस्थ रहनुका साथै मानसिक तनाव पनि सिर्जना हुन सक्छ । नोकरीमा उतार-चढावको सामना गर्नुपर्ने छ । आर्थिक उन्नति हुनेछ भने जीवन साथीसँग विवाद हुन सक्छ ।

वृष : कुनै षड्यन्त्रको शिकार हुन सकिन्छ । आर्थिक संघर्ष बढ्ने छ । चिन्ताको अनुभव पनि हुनेछ । पेट तथा लिवर सम्बन्धी समस्याहरूको सामना गर्नुपर्ने हुनसक्छ ।

मिथुन : सन्तानहरूसँगको सम्बन्ध बिग्रन सक्छ । खर्च- बर्च पनि बढ्ने छ । आफ्नो जीवन साथीका प्रति बढी प्रेम दर्शाउँदै सक्दो केयरको प्रयास गर्नु होला । सिर्जनात्मक क्षमता कम हुनसक्छ । पर्यटकियस्थल जान पनि मनलाग्ने छैन ।

कर्कट : स्वास्थ सम्बन्धी समस्याले सताउन सक्छ । आफ्ना सन्तानको स्वास्थको समेत ख्याल राख्नुपर्नेछ । दैनिक आयमा वृद्धि हुनेछ । आमाको स्वास्थलाई लिएर चिन्ता बढ्ने छ ।

सिंह : परिवारमा तनावको स्थिति रहने छ । पारिवारिक विवादले मानसिक तनाव समेत बढाउने छ । आर्थिक रूपले हेर्दा धनको अभाव हुनेछैन । आफ्नो सम्पत्ति बेचेर राम्रो आयअर्जनमा लगाउन सकिन्छ । भाई-बहिनिहरूसँग यात्रा पनि होला ।

कन्या : कार्यस्थलमा आफ्नो छवि राम्रो रहनेछ । नोकरीमा प्रमोसनको सम्भावनासमेत छ । धन वृद्धि गर्ने कैंयन अवसर जुट्नेछन् । परिवारमा केही समस्याको सामना गर्नुपर्ने हुनसक्छ । खासगरि कुराकानीका क्रममा बिशेष सावधानी अपनाउनु होला । केही सम्बन्धमा दुरी देखापर्नेछ ।

तुला : परिवारमा तनावको वातावरण देखापर्ने छ । यसले मानसिक तनाव बढाउने छ । धन लाभ हुनेछ भने व्यापारमा भाग्यले साथ दिनेछ । अर्थसँग जोडिएका कैंयन कुरामा सफलता हात पर्नेछ ।

वृश्चिक : धन आर्जनमा समस्या भएर खर्च धान्न मुस्किल पर्नेछ । कुनै पनि काममा सफलता पाउन कडा मेहनतक‍ो आवश्यकता छ । धार्मिक काममा रुचि बढ्नेछ ।

धनु : वैवाहिक जीवनमा केही समस्या सिर्जना हुनसक्छ भने जीवनसाथीको स्वास्थमा समस्या देखापर्न सक्छ । व्यवसायमा लगानीका लागि समय अनुकूल छ । पारिवारिक खर्चमा वृद्धि हुनेछ ।

मकर : राहुको स्थान परिवर्तनका कारण भाग्यले साथ दिन थाल्नेछ । आयमा अचानक वृद्धि होला । प्रतिद्वन्दीहरूबाट छुटकारा मिल्नेछ । व्यापार-व्यवसाय लाभप्रद रहनेछ । काम वा पेसाको मोर्चामा भने संघर्ष गर्नुपर्नेछ ।

कुम्भ : नोकरीमा उतार-चढाव देखापर्न सक्छ । यद्यपि आफ्नो क्षमताले परिस्थितिलाई सन्तुलित गर्न सकिनेछ । वैवाहिक जीवन सुखद रहनेछ भने सन्तानको साथ पनि मिल्नेछ । आयमा वृद्धि हुनेछ ।

मीन : कुनै कारणवश परिवारबाट टाढा जानुपर्ने हुनसक्छ । लामो यात्राको योग छ । धार्मिक यात्राको योजना समेत बन्नेछ । आर्थिक स्थिति सामान्य रहला । अचानक हानि हुनसक्ने संभावना छ ।

(यहाँ प्रस्तुत सुचना सामान्य मान्यता तथा जानकारीहरूमा आधारित छ । नेपालखोज अनलाइनले यसको आधिकारिकता पुष्टि गर्दैन ।)

प्रतिक्रिया