मौसम : उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना
नेपालखोज
२०७८ पुष १२ गते ६:४३

काठमाडौं । आज देशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी तथा हिमाली भू-भागहरुमा सामान्यदेखि पूर्णतया बदली र तराईका भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्का वर्षा र उच्च पहाडी र हिमाली जिल्लाहरुमा हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै आज राति पनि देशका पहाडी तथा हिमाली क्षेत्रहरुमा सामान्यदेखि पूर्णतया बदली र तराईका क्षेत्रहरुमा आशिंकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रहरुका केही स्थानमा हिमपातको सम्भावना छ । नेपालमा हाल पश्चिमी वायुको प्रभाव रहेको छ ।
सम्बन्धित

प्रतिक्रिया