दूधकोशी हाइड्रोपावरमा पाइप पड्किँदा दुई मजदुरको मृत्यु
नेपालखोज
२०७८ पुष १२ गते ८:४३

सोलुखुम्बु। सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-३ पन्चनमा रहेको ८६ मेगावाटको सोलु खोला दूधकोशी हाइड्रोपावरमा पाइप पड्किँदा दुई जना मदजुरको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
आइतबार दिउँसो ३ बजे फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा पाइप पड्किएको थियो । घटनामा हाइड्रोपावरमा काम गर्ने अछामका २६ वर्षका सुवास राज रेग्मी र काभ्रेका २९ वर्षका अर्जुन थापाको ज्यान गएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिए ।
घाइते एक जनाको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । ज्यान गुमाएका रेग्मी र थापा विस्फोट लगत्तै बेहोस भएका थिए । मौसम सफा नहुँदा उनीहरुलाई तत्कालै उपचारका लागि काठमाडौं ल्याउन नसकेपछि ओखलढुङ्गाको अस्पतालमा लगिएको थियो ।
सम्बन्धित

प्रतिक्रिया