आइतबार, जेठ ५, २०८२

नयाँ दिल्लीमा आजदेखि रात्रीकालिन कर्फ्यू जारी

नेपालखोज २०७८ पुष १२ गते ९:२२

दिल्ली । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलने खतरा बढेपछि भारतको राजधानी नयाँ दिल्लीमा रात्रीकालिन कर्फ्यू लगाइने भएको छ । दिल्ली सरकारले आजदेखि राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाउने घोषणा गरेको हो ।

आइतबार दिल्लीमा २९० जना नयाँ संक्रमित फेला परेको र एक जनाको मृत्यु भएपछि सरकारले रात्रीकालीन कर्फ्यू लगाउने निर्णय गरेको हो । त्यसको अघिल्लो दिन दिल्लीमा संक्रमितको संख्या २४९ जना थियो । संक्रमण दर निरन्तर बढ्दै गएकाले पूर्व सतर्कता अपनाउनु परेको अधिकारीहरुको भनाइ छ ।

कोभिड १९ सम्बन्धि नीतिहरु तय गर्ने दिल्ली डिजास्टर म्यानेजमेन्ट अथोरिटीले यस अघि नै सरकारलाई पूर्व सतर्कताका लागि निर्देशन दिईसकेको थियो भने नयाँ वर्षमा कुनै पनि भीडभाड हुदैन भन्ने निश्चित गर्न पनि भनेको छ ।

प्रतिक्रिया