प्रचण्डले वाचन गरे राजनीतिक प्रतिवेदन
नेपालखोज
२०७८ पुष १२ गते १३:२६

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रज्ञा प्रतिष्ठान भवनमा आजदेखि सुरु भएको बन्दसत्रमा प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गरेका हुन् ।
‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदनमा प्रचण्डले शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेसँगै माओवादीको समग्र विषयवस्तु विश्लेषण गरेका छन् । अब प्रतिनिधिबीच समूहगतरुपमा छलफल हुने बताइएको छ । प्रचण्डको प्रतिवेदनमाथि बन्दसत्रमा समूहगत छलफल हुने छ । छलफलका लागि महाधिवेशन प्रतिनिधिहरुलाई २८ समूहमा विभाजन गरिएको छ ।
राजनीतिक प्रतिवेदन र विधान पारित भएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने छ । माओवादीले बन्दसत्र सञ्चालनका लागि ७ जनाको अध्यक्षमण्डल चयन गरिएको छ ।
बन्दसत्रमा कूल १६३१ प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन् ।
सम्बन्धित

प्रतिक्रिया