नेप्सेको उच्च वृद्धिमा लाग्याे ब्रेक, ६९ अंकले घट्दा ५ अर्ब ६० करोडको कारोबार

काठमाडाैं । नेप्सेको उच्च वृद्धिमा ब्रेक लागेको छ । अघिल्लो दिन ७१ अंकले बढेको नेप्से आज सोमबार भने ६९ दशमलव ७७ अंकले घटेर २५ सय २१ दशमलव ६५ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव ८५ अंकले घटेर चार सय ७१ दशमलव ८९ अंकमा पुगेको छ ।
नेप्सेमा आज दुई सय ३८ वटा कम्पनीको ६७ सात सय ६० पटकको कारोबारमा एक करोड दुई लाख ९२ हजार दुई सय २६ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम पाँच अर्ब ६० करोड ७४ लाख ३९ हजार छ सय ७१ रुपैयाँ पुगेको छ ।
१३ वटा समूहको काराबार भएकोमा सबै समूहको सूचक घटेर नेप्से पुरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक २७ दशमलव ११ अंकले घटेर १७ सय १० दशमलव १० अंकमा झरेकोमा जलविद्युत समूहको सूचक पनि एक सय आठ दशमलव ५५ अंकले घटेर २७ सय २८ दशमलव ६० अंकमा झरेको छ ।
निर्जिवन बिमा समूहको सूचक पनि छ सय १८ दशमलव ४४ अंकले घटेर ११ हजार तीन सय ९५ दशमलव दुई अंकमा झरेकोमा जीवन बिमा समूहको सूचक पनि दुई सय ९० दशमलव ७२ अंकले घटेर १४ हजार तीन सय २२ दशमलव आठ अंकमा झरेको छ । यीबाहेक विकास बैंक, फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज गोर्खाज फाइनान्सको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर आठ सय ७६ रुपैयाँ ७० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा जोशी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य पनि आठ दशमलव ५४ प्रतिशतले घटेर तीन सय रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज नबिल बैंकको प्रतिकित्ता १४ सय ९९ रुपैयाँ अन्तिम मूल्यमा ३० करोड ६० लाख ९९ हजार दुई सय दुई रुपैयाँ ३० पैसाको सेयर कारोवार भएको छ । यो आज भएका कम्पनीहरुको कारोवार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया