भारतबाट प्रत्येक दिन १० करोडको तरकारी आयात

काठमाडाैं । हामीले खाने तरकारीको सबैभन्दा ठुलो निर्यातकर्ता भारत हो । नेपाल भारतका लागि पनि तरकारीको ठुलो बजार साबित भएको छ । भारतिय अखबार अमर उजालाका अनुसार नेपालमा प्रतेक दिन करिब छ करोड भारु बराबरको तरकारी भारतबाट निर्यात हुन्छ ।
भन्सार विभागद्वारा सार्वजनिक गरिएको चालु आर्थिक वर्षको पहिलो पाँच महिनाको तथ्यांक अनुसार, चालु आर्थिक वर्षको जुलाईदेखि नोमेम्बरसम्म ८.५९ अर्ब भारुको तरकारी भारतबाट नेपाल भित्रिएको छ ।
भारतबाट आउने तरकारीमा आलु सबैभन्दा माथि छ । भारतिय भन्सार विभागका अनुसार, उक्त अवधिमा नेपालले सबैभन्दा बढि आलु आयात गरेको छ । तथ्यांक भन्छ- आलु खरिदका लागि मात्र नेपालले ५.२७ अर्ब भारु भारत पठाएको छ ।
यसैगरी उक्त अवधिमा नेपाली ब्यापारीहरुले २.४७ अर्ब भारुको प्याज, १. ८६ करोडको मुला, ३.७४ करोडको लसुन तथा ७१.७० लाख भारुको मशरूम नेपाल भित्राएका छन् ।
यसक्रममा ४१ करोड भारुको गाजर, ४ करोड भारुको खुर्सानी तथा १६ करोड भारुको हरियो तरकारीका साथै ३३.७ करोड भारुको फलफुल भारतबाट नेपाल आएको बताइन्छ ।
यसबाट स्पष्ट हुन्छ नेपालमा खपत हुने तरकारि एवं फलफुलको ठुलो भागमा भारतीय उत्पादनको कब्जा छ । नेपालमा भारतका अतिरिक्त पाकिस्तान र बगलादेशबाट पनि तरकारी, फलफुल आदि आयात हुन्छन् ।

प्रतिक्रिया