आइतबार, जेठ ५, २०८२

फ्रान्समा रात्रिकालीन क्लबहरु बन्द, कडा प्रतिबन्धको घोषणा

नेपालखोज २०७८ पुष १३ गते ११:२७

काठमाडौं । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण फ्रान्समा कडा प्रतिबन्धको घोषणा गरिएको छ । जनवरी ३ देखि स्वास्थ्यका सम्पूर्ण मापदण्ड कडाइका साथ लागू गर्न फ्रान्स सरकारले मातहतका निकायहरुलाई निर्देशन दिएको छ । घरबाटै काम गर्न सक्ने प्रकृतिका कर्मचारीहरुलाई ‘रिमोर्ट वर्किङ’ अनिवार्य गरिएको छ ।

अर्को सूचना नभएसम्मका लागि रात्रिकालीन क्लबहरु बन्द गरिने भएको छ । घरबाहिर निस्किँदा अनिवार्य मास्क लगाउनुपर्ने छ । फ्रान्समा शनिबार १ लाखभन्दा बढी मानिसमा संक्रमण पुष्टि भएपछि सरकारले स्वास्थ्यका मापदण्डहरुमा कडाइ गरेको हो । यो संख्या कोरोना संक्रमण धेरै भएको बताइएको छ । नयाँ वर्षको पूर्वसन्ध्यामा कफ्र्यु लगाउने निर्णयबाट भने सरकार पछि हटेको छ ।

त्यस्तै हलहरुमा हुन सक्ने कार्यक्रममा बढीमा २ हजार र बाहिर हुने कार्यक्रममा बढीमा ५ हजार उपस्थित गराउन पाइने छ ।

प्रतिक्रिया