प्रचण्डको प्रतिवेदनले अझै केही वर्ष जनता झुक्काउने बाबुरामको टिप्पणी

नेपालखोज २०७८ पुष १३ गते १२:१८

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा‍‍‍. बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनले अबोध कार्यकर्तालाई केही वर्ष झुक्काउँने बताएका छन् । पूर्व प्रधानमन्त्री भट्टराईले सामाजिक सन्जालमार्फत प्रतिवेदन एकदलीय व्यवस्थाको धंगधंगी बोकेको काल्पनिक समाजवादको कल्पनाको पोको रहेको बताए ।

उनले प्रचण्ड अझै कार्यकर्ता झुक्काउँन नै लागेको भन्दै शुभकामना समेत दिएका छन् । उनले लेखेका छन्,-‍‍‘माओवादी केन्द्रको महाधिवेसनमा प्रस्तुत दस्तावेज सर्सर्ती पढ्दा पुरानै एकदलीय व्यवस्थाको धंगधंगी बोकेको काल्पनिक समाजवादको स्वैरकल्पनाको पोको जस्तो लाग्यो। फेरि एकपटक असली बाजेको पेडा बेच्ने होडबाजी चल्ने भो, अबोध कार्यकर्ता केही बर्ष अरू झुक्किने भए ‍। शुभकामना ।’

प्रतिक्रिया