ग्लोबल आईएमई बैंकले महिलाहरुको औषधि उपचार नि:शुल्क गर्दै

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १५ औं वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तीकरणको प्रयास स्वरुप मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सुरु गरेको छ ।
पुस १२ गते सोमबारदेखि सुरु भएको कार्यक्रम पुस १७ गते शनिबारसम्म सञ्चालन हुने छ । बैंकले सातवटै प्रदेशमा एकदिने नि:शुल्क महिला स्वास्थ्य शिविरमा महिलाहरुको स्वास्थ्य परिक्षण, औषधि वितरण लगायतका सेवाहरु नि:शुल्करुपमा दिने भएको छ ।
नेपाल परिवार नियोजन संघसँगको समन्वयमा कर्णाली प्रदेशको कुनाथरी स्वास्थ्य चौकी सुर्खेतमा पुस १२ गते निशुल्क महिलाको स्वास्थय परिक्षण गरेको छ । प्रदेश १ को देवानगञ्ज स्वास्थ्य चौकी सुनसरीमा पुस १४ गते, प्रदेश २ को प्राथमिक उपचार केन्द्र महोत्तरीमा पुस १५ गते, लुम्बिनी प्रदेशको जलजला अस्पताल तथा अनुसन्धान केन्द्र थवाङ्ग रोल्पामा पुस १६ गते र सुदूरपश्चिम प्रदेशको श्रीकोट स्वास्थ्य चौकी बैतडीमा पुस १६ गते, वागमती प्रदेशको पारच्याङ स्वास्थ्य चौकी रसुवामा पुस १७ गते र गण्डकी प्रदेशको नौथर शेरा सामुदायिक स्वास्थ्य इकाई भवन लमजुङमा पुस १७ गते नि:शुल्क महिला स्वास्थ्य सञ्चालन गर्ने बैंकले जनाएको छ ।
ग्लोबल बैंकले महिलालाई आर्थिकरुपमा सशक्त बनाउनका लागि मेरी उनीलाई मुद्धती बचत खाता संचालन गरेको थियो । मेरी उनीलाई स्वस्थ नारी महिलालाई शारीरीकरुपमा सशक्त बनाउने बैंकको अर्को महत्वपूर्ण प्रयास रहेको बैंकले जानकारी दिएको छ । स्वास्थ्य शिविर ग्रामीण तथा अर्ध शहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिला तथा बालिकाहरुका निम्ति प्रभावकारी हुने र महिलाहरुमा सकारात्मक प्रभाव पार्ने विश्वास बैंकले लिएको छ ।
ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ–संस्थासँगको समन्वयमा विपन्न तथा पिछडिएका महिलाहरुको स्वास्थ तथा अन्य सरोकारका विषयसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
प्रतिक्रिया