आइतबार, वैशाख २३, २०८१

नेपालमा दासानायकेको दोस्रो इनिङ, क्रिकेटर भए खुसी

नेपालखोज २०७८ पुष १३ गते १३:५६


काठमाडौं । क्यानाडियन नागरिक पुवुदु दासानायकेले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको दोस्रो कार्यकाल सम्हाल्ने भएका छन् ।पहिलो कार्यकालको सफलतापूर्वक जिम्मेवारी पूरा गरेका दासानायके दोस्रो कार्यकाल सुरु गर्न काठमाडौं आइपुगेका हुन् । दासानायकेलाई नेपाल क्रिकेट संघले एक महिनाअघि मात्रै खुला प्रतिस्पर्धाबाट अनुबन्ध गरेको हो ।

आज (मंगलबार) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनलाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले फूलमाला र दोसल्ला लगाउँदै स्वागत तथा सम्मान गरेका छन् ।

दासानायकेले सन् २०११ देखि २०१५ सम्म नेपालका क्रिकेट खेलाडीको लागि पहिलो मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । नेपालले २०२२ को फेब्रअरीमा टी–२० विश्वकपको ग्लोबल छनोट खेल्ने भएकाले  दासानायकेको प्रशिक्षण महत्त्पूर्ण हुन अपेक्षा गरिएको छ ।

उनले नै प्रशिक्षण दिएर नेपालले २०१४ को टी–२० विश्वकपको ग्लोबल छनोट पनि खेलेको थियो ।२०१५ देखि भने उनी अमेरिकाको प्रशिक्षक हुँदै आएका थिए ।

पहिलो कार्यकालमा नेपाली क्रिकेट जगतमा मुख्य प्रशिक्षक भई सफलतापूर्वक जिम्मेवारी पूरा गरेका दासानायकेले दोस्रो कार्यकाल पनि सम्हाल्ने भएपछि नेपाली क्रिकेट खेलाडीमा खुसीयाली छाएको छ । क्रिकेट प्रेमीहरू नेपालले क्रिकेट खेलमा नयाँ आयाम थप्नेमा आशावादी देखिएका छन् ।

प्रतिक्रिया