‘बदमासी गर्नेलाई कारबाही गर्ने कानुन नहुँदा सेयर बजार खस्कियो’

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवी नेपालले नेपाली राज्य सञ्चालन गर्ने माथिल्लो तहको प्राथमिकता नपरेकाले सुरक्षित रुपमा सेयर बजारको विकास हुन नसकेको बताएका छन् । काठमाडौंमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपालमा ७ वर्षअगाडि सेयर बजारको विकास र विस्तारको लागि परिर्वतन भएको र त्यसपछि कुनै परिर्वतन नभएको दाबी गरे ।
उनले लामो समयदेखि पुँजी बजारको विकासको लागि नियमावली ल्याउने तयारी भए पनि अहिलेसम्म ल्याउन नसक्नु सेयर लगानीकर्ताको लागि राम्रो नभएको जनाए । उनले पछिल्लो समय सेयर बजार लगानीकर्ताहरु उत्साहका साथ प्रवेश गरे पनि बजार सुरक्षित तरिकाले अगाडि बढ्न नसकेको जनाए ।
नेपालले बजारमा सुधार हुन नसक्नु सेयर बजारमा बदमासी गर्नेहरुलाई कारबाही गर्ने कानुन नहुनु रहेको उल्लेख गरे । उनले पछिल्लो समय नेपालमा सामाजवादी तथा प्रगतिशील विचार भएका राजनीतिक दलका नेता सरकारका मन्त्री भए पनि जुवा घर,अन उत्पादन क्षेत्र र सम्राज्यवादको विस्तारित रुप जस्ता विचारले सेयर बजार विकास हुन नसकेको जनाए ।
उनले सेयर बजार एकदमै सम्वेदनशील क्षेत्र भएकाले माथिल्लो तहमा बसेका व्यक्तिहरुले यसको विषयमा बोल्नु पर्ने जरुरी नभएको जनाए ।पछिल्लो समय नेपाल राष्ट्र बैंकले मोद्रिक नीतिमार्फत सेयर बजारलाई सहयोग नगरेको भने पनि राष्ट्र बैंक सँधै बजारप्रति सकारात्मक रहेको पुर्व गर्भनर नेपालको भनाइ छ । उनले मौद्रिक नीतिमा ४देखि १२ करोडको सीमा तोक्ने समय गलत भएको जनाए ।
अब नेप्सेलाई सरकारले नीजि साझेदारीका रुपमा अगाडि बढाएर विकास र विस्तार गर्नु पर्ने समय आएको नेपालको भनाइ छ । पूर्वगभर्नर नेपालले विश्वमा नै सेयर बजार अन्तर्राष्ट्रिय रुपमा छरिएर रहेको पैसा बचत गरेर उद्योग व्यवसाय स्थापित गर्ने अत्यन्त उपयोगी संस्था भएको जनाए ।

प्रतिक्रिया