धरानको मेयरमा कांग्रेस र स्वतन्त्र उम्मेद्वारबीच प्रतिस्पर्धा
नेपालखोज
२०७९ जेठ ४ गते १०:०४
धरान । सुनसरीको धरान उपमहानगरपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका किशोर राई अग्रस्थानमा छन् । पछिल्लो मतपरिणामअनुसार उनले ७,७१७ मत प्राप्त गरेका छन् ।
यस्तै स्वतन्त्र उम्मेद्वार हर्कराज राईले ७,४६१ मत ल्याइ दोस्रो स्थानमा छन् । यस्तै नेकपा एमालेकी मन्जु भण्डारी ६,४२५ मतका साथ तेस्रो स्थानमा छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेशकुमार शाक्यले ३७ मत ल्याएका छन् ।
यसैबीच, उपमेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका आइन्द्रविक्रम बेघाले ८,६७० मत ल्याएका छन् । एमालेका पदमप्रसाद लिम्बुले ८,३२४ मत ल्याएका छन् भने राप्रपाकी पुन्यमाया राईको २२४ मत छ ।
सम्बन्धित
प्रतिक्रिया