शनिबार, जेठ ५, २०८१

‘ईश्वरको कल्पनाभन्दा प्रार्थना र जय-जयकार ठूलो’

नेपालखोज २०७८ पुष १४ गते ५:०२

सबै धर्मावलम्बीका आफ्नै किसिमका धार्मिक सिद्धान्त तथा संस्कारहरू हुन्छन् । विभिन्न धर्मावलम्बीमध्येमा इस्लाम धर्मावलम्बीले पालना गर्ने धेरै नियम छन् । जसमध्ये मुख्य तीनवटा विषयबारे चर्चा गरौं ।

पहिलो, मुसलमानहरू एक ईश्वर (अल्लाह) प्रति विश्वास राख्छन् । कुरानमा इस्लाम धर्म मान्नेहरूलाई ईश्वरको कल्पना गर्नुभन्दा उनको प्रार्थना र जय–जयकार गर्न भनिएको छ । मुस्लिम धर्म गुरुका अनुसार ईश्वर अद्वितीय छन्, उनी जस्तो अरू कोही छैन ।

दोस्रो, इस्लाम धर्मावलम्वलीले गर्ने प्रार्थना (सलात) हो । यसलाई फारसीमा नमाज भनिन्छ । नमाज एक प्रकारको प्रार्थना हो, जुन अरबी भाषामा हुन्छ, विशेष नियमले पढ्नुपर्छ । इस्लामअनुसार नमाजले ईश्वरप्रति मनुष्यको कृतज्ञता दर्शाउँछ । नमाज मक्कातिर फर्केर पढ्नुपर्छ । हरेक मुसलमानले एक दिनमा पाँचपटक नमाज पढ्नु अनिवार्य हुन्छ । चिन्ता, दुःख र बिरामी परेको अवस्थामा पनि यसलाई छोड्नु हुँदैन भन्ने धार्मिक मान्यता छ ।

तेस्रो, मुसलमानहरूका लागि दान (जकात) धेरै नै महत्त्वपूर्ण पक्ष हो । वार्षिक रूपमा आर्थिक रूपले सक्षम मुसलमानले निर्धन मुसलमानहरूलाई दान दिनु अनिवार्य जस्तै हुन्छ । अधिकांश मुसलमान आफ्नो वार्षिक आयको २ दशमलव ५ प्रतिशत दान गर्ने गर्छन् । दान गर्नु यो समुदायको एक धार्मिक कर्तव्य हो, किनकि इस्लाम धर्मअनुसार मानिसले आर्जन गर्ने पुँजी ईश्वरको देन हो । दान दिनाले परिवारमा, धनलाभ, सुखशान्ति कायम हुनुका साथै ईश्वर खुसी हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

प्रतिक्रिया