बुधबार, वैशाख २६, २०८१

तालिबानीलाई सुझाव- बौद्ध सम्पदा संरक्षण गरौं (फोटो फिचर)

नेपालखोज २०७८ भदौ ३ गते १५:४१

काबुल । अफगानिस्तानमा पहिलेको जस्तो गल्ती नगर्न बौद्ध धर्मावलम्बीहरूले तालिबानी नेताहरूलाई सुझाएका छन् । आफूहरूले अफगानिस्तानमा शान्तिको प्रार्थना गरिरहेको बुद्धमार्गीहरूले जनाएका छन् ।

तालिबानले २० वर्षअघि अफगानिस्तानमा शासन गर्दा बामियान उपत्यकास्थित बौद्ध सम्पदाहरूको नष्ट गरेको र आगामी दिनमा त्यस्तो गल्ती नदोर्‍याउन बौद्ध धर्मावलम्वीहरूले आग्रह गरेका हुन् । उनीहरूले सन् २०२१ अगस्तको अफगानिस्तानको संकटलाई लिएर दुःख पनि व्यक्त गरेका छन् ।

विश्व शान्ति र मानवताका लागि बुद्धवाद नामको फेसबुक पेजमार्फत उनीहरूले अफगानिस्तानमा शान्ति, समृद्धि र विकासका लागि सहयोग गर्न विश्व समुदायहरूलाई आग्रह गरेका हुन् ।

अफगानिस्तानमा ९९ प्रतिशत जनसंख्या मुस्लिमको छ भने बाँकी १ प्रतिशत हिन्दु, यहुदी, बौद्ध र क्रिस्चियन धर्मावलम्वी छन् । अफगानिस्तानमा हिन्दु धर्म अनुसरण गर्ने मानिस एक हजारको हाराहारीमा मात्र छन् । अफगानिस्तानको बामियान उपत्यकामा बुद्धसँग सम्बन्धित संरचनाहरु धेरै छन् ।

हामीले यी तस्बिरहरु विश्व शान्ति र मानवताका लागि बुद्धवाद नामको फेसबुक पेजबाट लिएका हौं । हेरौं अफगानिस्ताको रहेका बुद्धसँग सम्बन्धित संरचनाका थप तस्बिर :

May be an image of 2 people, people standing, monument and outdoors
May be an image of outdoors and monumentMay be an image of 1 person, standing, monument and outdoorsMay be an image of outdoors and monument

प्रतिक्रिया