जाजरकोट, रुकुम पश्चिम र डोल्पामा हिमपातसँगै अत्यधिक चिसो बढ्याे, जनजीवन प्रभावित

नेपालखोज २०७८ पुष १४ गते ७:३०

जाजरकोट । गए रातिदेखि लगातार परेको पानीका कारण जाजरकोट, रुकुम पश्चिम र डोल्पाको जनजीवन प्रभावित भएको छ । उपल्लो डोल्पा, जाजरकोटको बारेकोट र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको उच्च भागमा हिमपात जारी छ ।

हिमपातसँगै अधिकांश ठाउँको फोन सेवासमेत प्रभावित भएको छ । जाडोका कारण जनजीवन कष्टकर भएको डोल्पाको कुम्ली विद्यालयका शिक्षक जयकृष्ण हमालले जानकारी दिए ।

बिहानै घाँस सङ्कलन गर्ने काम ठप्प भएपछि पशुचौपायलाई खुवाउने आहाराका लागि समस्या भएको स्थानीयले बताएका छन् । चिसो अत्यधिक बढेपछि पठनपाठन प्रभावित बनेको छ । नियमित पानी परेपछि यातायात सेवासमेत प्रभावित भएको छ । रासस

प्रतिक्रिया