आइतबार, असार २२, २०८२

नेपाल लाइफको बिमा जागरण अभियान

नेपालखोज २०७८ पुष १४ गते १६:२४

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सङ्खुवासभाका उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरेको छ । खाँदबारी, चैनपुर, भोजपुर, तेहथुमको बसन्तपुर तथा धनकुटा कार्यालयहरुमा बीमा जागरण अभियानको सुरुवात गरेको छ ।

कार्यक्रममा बीमाको महत्त्व र प्रभावकारीता तथा भुक्तानी कसरी गर्ने सम्बन्धमा महाप्रबन्धक कमलराज गौतमले प्रशिक्षण दिए । कार्यक्रमहरुको संयोजन बिर्तामोड शाखाको शाखा प्रबन्धक तुलसीनाथ पौडेलले गरे ।

देशैभर उत्कृष्ट शाखा सन्जालबाट बीमा सेवा प्रदान गर्दे आएको कम्पनीले निकट भविष्यमा नै सर्बसाधारणलाई शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया