आइतबार, जेठ ६, २०८१

नेप्से ५.५१ अंकले बढ्दा तीन अर्ब ६२ करोडको सेयर किनबेच

नेपालखोज २०७८ पुष १४ गते १५:५१

काठमाडौं । नेप्सेमा पुन: करेक्सन देखिएको छ । अघिल्लो दिन दुई दशमलव ६६ अंकले घटेको नेप्से साताको चौंथो कारोबार दिन आज भने बढेको छ । नेप्से आज पाँच दशमलव ५१ अंकले बढेर २५ सय २४ दशमलव ५० अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव २६ प्रतिशतले बढेर चार सय ७१ दशमलव २५ अंकमा पुगेको छ ।

दुई सय २८ वटा कम्पनीहरुको ४२ हजार पाँच सय १२ पटकको कारोबारमा ५६ लाख ३८ हजार दुई सय ७९ कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोबार रकम तीन अर्ब ६२ करोड ३४ लाख ८० हजार दुई सय ९२ रुपैयाँ पुगेको छ ।

१३ वटा समूहको कारोबार भएकोमा आठ वटा समूहको सूचक बढेर पाँच वटा समूहको सूचक घटेका छन् । ति मध्ये वाणिज्य बैंक समूहको सूचक शुन्य दशमलव ७६ अंकले बढेर १७ सय दुई दशमलव १२ अंकमा चढेकोमा निर्जिवन बिमा समूहको सूचक पनि दुई सय ५१ दशमलव ५८ अंकले बढेर ११ हजार छ सय १० दशमलव आठ अंकमा चढेको छ ।

जलविद्युत, लघुवित्त, होटल तथा पर्यटन, उत्पादन मुलक, अन्य र सामुहिक लगानी कोष समूहहरुको सूचक पनि बढेका छन् । विकास बैक समूहको सूचक भने २९ दशमलव नौं अंकले घटेर ४२ सय २५ दशमलव आठ अंकमा चढेकोमा फाईनान्स, जीवन बिमा र लगानी समूहको सूचक भने घटेका छन् ।

नेप्सेमा आज मध्य भोटेकोशी जलविद्युत कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर एक सय ४६ रुपैयाँ ४० पैसामा प्रतिकित्ता सेयर कारोबार हुंदा नारायणी डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मूल्य तीन दशमलव ३९ प्रतिशतले घटेर चार सय ८५ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

त्यसैगरी आज हिमालयन डिष्ट्रिलरी प्रालिको प्रतिकित्ता छ हजार आठ सय ७० रुपैयाँ अन्तिम मूल्यमा ५२ करोड ५५ लाख ८० हजार पाँच सय चार रुपैयाँ ३० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया