समय आएपछि पार्टीले स्पष्ट निर्णय गर्छ
नेपालखोज
२०७८ पुष १४ गते १६:३३

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख राजनीतिक दलहरूबीच सहमति गरेर एमसीसी अगाडि बढाउनु पर्ने बताएका छन् । आज नवलपरासी बर्दघाट सुस्ता पश्चिममा पत्रकारहरुसँग अध्यक्ष यादवले राष्ट्रको हितअनुकूल हुने गरी एमसिसीलाई अगाडि बढाउनुपर्ने बताए ।
उनले समय आएपछि एमसिसीका विषयमा पार्टीले निर्णय गर्ने स्पष्ट पारे । अध्यक्ष यादवले सहमतिकै आधार खोजिनुपर्नेमा जोड दिए । उनले राज्य पुनःसंरचना आयोगले सिफारिस गरे अनुसारको प्रदेश बनाउनुपर्ने र स्थानीय तहको संरचना पनि परिवर्तन गर्नुपर्ने बताए ।
सम्बन्धित

प्रतिक्रिया