मन्टेश्वरी स्कुलको हौसला बढाउन ‘अपेन डाइनामिक लिडर अवार्ड-२०२१’ आयोजना हुने

काठमाडौं । एसोसिएशसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन)ले मन्टेश्वरी विद्यालयहरुको हौसला बढाउन अपेन डाइनामिक लिडर अवार्ड–२०२१ को आयोजना गर्ने भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर केन्द्रीय समितिले पुस २४ गते टुरिजम बोर्डमा अपेन डाइनामिक लिडर अवार्ड–२०२१ को आयोजना गर्ने जानकारी दिएको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष बद्रीप्रसाद दाहालले अपेन मन्टेशरी र बालबालिकासँग सम्बन्धित व्यक्ति र क्षेत्रको साझा संगठन भएको बताए । उनले कोरोना महामारीले बालबालिकाहरुलाई शिक्षा दिने संस्थाहरु अफ्ठेरो अवस्थामा गुज्रिएर यहाँसम्म आइपुगेको उल्लेख गरे । अध्यक्ष दाहालले महामारीको अवस्थामा राज्यले प्रिस्कुललाई कतैबाट पनि सहयोग नगरेको भन्दै दुःख व्यक्त गरे ।

उनले विशेष गरी यो क्षेत्रमा महिला उद्यमीहरु ९० प्रतिशत रहेको बताए । ५० अर्ब रुपैयाँ बरारबरको मन्टेश्वरीमा लगानी भएको पनि सुनाए । कानुन बमोजिम ५ हजार प्रिस्कुल संचालित भएको उनले बताए । कोरोना महामारीमा धान्न नसेकेर धेरै प्रि-स्कूल बन्द भएको जानकारी दिँदै दाहालले जसले त्यस्तो अवस्थामा पनि संचालन गरेका उद्यमीहरुलाई प्रोत्साहन स्वरुप सम्मान गर्न अवार्ड वितरण गर्न लागेको बताए ।

त्यस्तै, कार्यक्रममा बोल्दै केन्द्रीय सचिव उमानाथ निरौलाले अपेन सम्पुर्ण इसिडि पुर्व प्राथमिक विद्यालय तथा किन्डर गार्डेन मन्टेश्वरीको हकहितको निम्ती स्थापना भएको बताए । संगठनमा रही ५ वर्षदेखि निरन्तर काम गर्दै आएका निरौलाले पोस्ट कोविडबाट सबै भन्दा धेरै मारमा प्रिस्कुल परेको सुनाए । महामारीको कारण धेरै प्रि–स्कुल बन्द भएको बताउँदै प्रतिकुल अवस्थामा पनि स्कुल सञ्चालन गर्ने ३ सय स्कुलका प्रिन्सीपलहरुलाई हौसला स्वरुप अवार्ड वितरण गर्न लागेको उनले जानकारी दिए ।

त्यस्तै, कार्यक्रममा बोल्दै संयोजक कृष्ण कुमार बोहोराले कोभिड महामारीले प्रिस्कुलहरु आर्थिकरुपमा जिर्ण बन्न पुगेको बताए । उनले सम्पुर्ण प्रिस्कुलहरु एकआपसलाई बचाउँदै सामान्य अवस्थामा फर्केको बताए । ५ वर्ष मुनिका बालबालिकाहरुको भविष्य बोकेर संचालन गर्दै आएका ३ सय विद्यालयका प्रिस्कुलका प्रिन्सीपलहरुलाई सम्मान गर्न लागेको उनले जानकारी दिए ।

प्रतिक्रिया