मेलम्चीको पानी छिट्टै काठमाडौंमा : मन्त्री चौधरी

नेपालखोज २०७८ पुष १४ गते १६:५६

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी छिट्टै काठमाडौं ल्याउने बताएका छन् । अस्थायीरुपमै भए पनि पानी छिटो ल्याउन लागिपरेको उनले बताए ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सहमहामन्त्री निर्वाचित भएपछि आज महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिने क्रममा मन्त्री चौधरीले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सपना साकार पार्न छिट्टै मेलम्चीको पानी राजधानीमा ल्याउन लागिपरेको बताए । यसअघि पानी राजधानी आइपुगेका बेला पूर्वप्रधानमन्त्रीले मेलम्चीको सपनाअघि बढाउने पूर्वप्रधानमन्त्री भट्टराईको नामसमेत स्मरण गर्न नचाहनु अराजनीतिक घटना भएको टिप्पणी समेत मन्त्री चौधरीले गरे ।

पार्टीमा युवाको नेतृत्व स्थापित भएको उल्लेख गर्दै मन्त्री चौधरीले अबका दिनमा सबै तहमा युवा पुस्ताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास रहेको बताए । पार्टीका नेता कृष्णप्रसाद सिटौलाले व्यक्तिगत स्वार्थलाई त्याग गरी युवा पुस्तालाई अघि बढाउन भूमिका खेलेको उनको भनाइ छ ।

प्रतिक्रिया