‘बादल लगायतका नेतालाई गद्दार घोषणा गर्न माग’
नेपालखोज
२०७८ पुष १४ गते १७:३२

काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन प्रतिनिधिहरुले पार्टी छोडेर हिँडेका नेताहरुलाई गद्दार घोषणा गर्न माग गरेका छन् । आज पार्टीको ८ औं महाधिवेशन अन्तर्गत अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथिको छलफलपछि सुझाव पेस गर्दै रामबहादुर थापा ‘बादल’ लगायतका नेताहरुलाई गद्दार घोषणा गर्न माग गरेका हुन् ।
प्रदेश नम्बर १ बाट सुझाव पेस गरेका हर्कबहादुर नेम्वाङले बादल लगायतका नेतालाई गद्दारी भनेर दस्तावेजमा समेट्नुपर्ने सुझाव दिए । उनले आफ्ना पार्टीले सरकारमा हुँदा गरेका कामहरुलाई उपलव्धिका रुपमा अध्यक्षको दस्तावेजमा समेट्न सुझाव दिए ।
प्रचण्डको दस्तावेजले पार्टीलाई सही बाटोमा हिडाउने संकेत गरेको उनको भनाई छ ।
सम्बन्धित

प्रतिक्रिया