‘चीनको सीमा नाकाबाट सहज रुपमा सामान भित्र्याउन पाउनुपर्छ’

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले सीमा नाकाबाट सहज रूपमा सामान आयात निर्यात हुने व्यवस्था गर्न चीनलाई आग्रह गरेकी छन् ।
चीनतर्फका तातोपानी र रसुवाको केरुङ नाकाबाट अझै पनि सामान आयात निर्यातमा कठिनाइ भएको व्यवसायीको गुनासो सम्बोधन गर्दै मन्त्री रेग्मीले आयात निर्यातमा कठिनाइ भोग्ने अवस्था अन्त्य गर्न आग्रह गरिन् । चाइना फाउन्डेसन फर पोभर्टी एलिभेशन नेपालको छैटौँ वार्षिक उत्सव कार्यक्रममा उनले चीनले भूकम्प, कोभिड जस्ता महामारीमा सहयोग गरेकोमा प्रशंसा गरिन् ।
उनले कोभिडको समयमा खोप प्रदान गरेर चीनले नेपाललाई गुण लगाएको बताईन् । उनले अहिले पनि चीनबाट खोप आइरहेको उल्लेख गरिन् । छिमेकी देशहरुबीच सहयोगको अपेक्षा हुने मन्त्री रेग्मीले बताईन् । उनले सीमा नाकाबाट सहजरुपमा सामान भित्राउन पाउनुपर्ने बताईन् ।
गरिबी निवारणसम्बन्धी नेपालमा रहेको चाइनिज फाउन्डेसनले गरेको कार्यक्रममा मन्त्री रेग्मीले फाउन्डेसनलाई परेको समस्या समाधानका लागि सहजीकरण गर्ने प्रतिबद्धता जनाईन् ।

प्रतिक्रिया