सरकारले दियो तमु ल्होसारको अवसरमा सार्वजनिक बिदा

नेपालखोज २०७८ पुष १४ गते १८:३४

काठमाडौं । सरकारले तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको गृह मन्त्रालयले एक सूचना जारी गरी जनाएको छ ।

सरकारको निर्णयअनुसार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेशस्थित कुटनीतिक नियोगमासमेत सार्वजनिक बिदा दिइने छ ।

प्रतिक्रिया