‘११ समूहको रिपोर्टिङ सकियो, बाँकीको भोलि’

नेपालखोज २०७८ पुष १४ गते १८:५०

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनमा ११ समूहले रिपोर्ट पेस गरेका छन् । आज ११ समूहले रिपोर्ट गरेकाले भोली बाँकी रहेको समूहले रिपोर्ट पेस गर्नेछन् ।

रिपोर्टिङ गर्ने टोली नेताहरुमा रामनारायण बिडारी, सत्यनारायण भगत, टंक राई, गायत्री गुरुङ, मनऋषि धिताल, अजम्बर काङबाङ, सरल सहयात्री, गीता पनेरु, हर्कबहादुर नेम्वाङ, मीन बहादुर कुँवर र विमला केसी रहेका छन् । बिहीबार ११ बजेदेखि पुनः बन्दसत्र सुरु हुने जनाइएको छ । बन्दसत्रअन्तर्गत सोमबार प्रचण्डले २१ औं शताब्दीमा समाजवादको नयाँ बाटो शीर्षको ४६ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रचण्ड विचारपथलाई प्रचण्ड विचारधाराका रुपमा विकसित गरिनुपर्ने सुझाव पनि समूहबाट आएको छ । यस्तै पार्टीलाई धोका दिएका बादललगायतका नेताहरुलाई गद्दार घोषणा गर्न समेत माग उठेको छ । प्रतिनिधिहरुले थापालगायतका नेतालाई गद्दार घोषणा गर्न अध्यक्षको दस्तावेजमै उल्लेख गर्नुपर्ने सुझाव समेत दिएका छन् ।

यस्तै कार्यकारी पदमा एकै व्यक्ति दुई पटक हुन नपाउने, नेताका छोराछोरीलाई सरकारी स्कुलमा पढाइनुपर्ने लगायतका धारणा सुझावको रुपमा आएको छ ।

प्रतिक्रिया