आइतबार, वैशाख २३, २०८१

सरकारले एभिसी विजेता नेपाली महिला टोलीलाई जनही ५ लाख दिने

नेपालखोज २०७८ पुष १४ गते १९:४३

काठमाडौं । सरकारले उज्वेकिस्तानलाई पराजित गर्दै एभिसी सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कपको विजेता नेपाली महिला भलिबल टोलीका खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो पुरस्कार दिने निर्णय गरेको हो। नेपालले मंगलबार भएको फाइनलमा उज्बेकिस्तामाथि ३–२ सेटले जित निकाल्दै लगातार प्रतियोगिताको उपाधि उचालेको थियो ।

लगातार दोस्रो पटक च्याम्पियन बनेको नेपाली टोलीका खेलाडीलाई ५ लाख, प्रशिक्षकलाई ३ लाख र अफिसियललाई २ लाख दिने निर्णय भएको हो ।

प्रतिक्रिया