आइतबार, जेठ ६, २०८१

पारपाचुके : साउदी राजादेखि बिल गेट्ससम्म !

नेपालखोज २०७८ पुष १५ गते ८:४०

वर्ष २०२१ मा संसारका कैंयन् नमुद व्यक्तिहरु पारपाचुकेबाट गुज्रिए । दुबईका शेख मोहम्मद बिन राशिद-अल-मकतुम र उनकी कान्छी श्रीमती राजकुमारी हया बीचको सम्बन्धविच्छेद होस् वा विल गेटस् र मेलिन्डाबीचको सम्बन्धविच्छेदका खबरले मिडियालाई लगातार तताई रहे । यीमध्ये कतिपय पारपाचुके त अहिलेसम्म कै सबैभन्दा महँगो पारपाचुके साबित भएका छन् ।

इतिहासकै सबैभन्दा ठूलो सेटलमेन्ट ​​​​​​​शेख मोहम्मद तथा उनकी पूर्वपत्नी हयाबीचको पारपाचुके यो वर्षको सबैभन्दा चर्चित र महँगो पारपाचुके हो । भनिन्छ शेख मोहम्मद बिन राशिद अल मकतुमले यो पारपाचुकेका लागि श्रीमती हयालाई ५५४ मिलियन पाउन्ड लगभग ९००० करोड रुपैयाँ (७३.३ करोड डलर) भुक्तानी गरे । ब्रिटिस हाईकोर्टको यो फैसला किन ऐतिहासिक छ भने यो फैसला ब्रिटिस न्यायालयकै इतिहासमा अहिलेसम्मको सबैभन्दा ठूलो सेटलमेन्ट हो । ब्रिटिस हाई कोर्टका न्यायाधीश फिलिप मुरले आफ्नो फैसलामा राजकुमारी हया तथा उनका सन्तानले आतंकवाद वा अपहरणजस्ता खतराको सामना गर्नुपर्ने हुनसक्छ भन्दै उनीहरको सुरक्षाको खास व्यवस्था हुनुपर्ने कुरा बताएका छन् ।

ब्लुमबर्ग बिलेनियर इन्डेक्सअनुसार बिल गेट्ससँग १३५ बिलियन डलर सम्पत्ति छ । यही वर्ष बिल र मेलिन्डाले आपसमा पारपाचुके लिने घोषणा गरे । यो जोडी विवहको करिब २७ वर्षपछि अलग्गियो । लामो समय संसारकै सबैभन्दा धनीमा रहँदै आएका माइक्रोसफ्टका संस्थापक बिल गेट्सले पारपाचुके गर्दा निजी रुपमा अलग हुने समझौता गरेका थिए । यो समझौतामा माइक्रोसफ्ट र बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशनलाई यथावत चलाउने कुरा उल्लेख छ जसका कारण उनीहरुले सम्पत्ति बाँडफाड गर्नु परेन । फोर्ब्सका अनुसार पारपाचुके लिँदा बिल गेट्ससँग करिब १८ लाख करोड रुपैयाँ (१५२ अरब डलर) थियो । बिल र मेलिन्डाले भविष्यमा यदि कम्पनी र फाउन्डेशनलाइ विभाजित गर्ने फैसला लिए भने उनीहरुसँग जनही ९-९ लाख करोड रुपैयाँ (७३ अरब डलर) बराबरको सम्पत्ति हुनेछ ।

भनिन्छ- प्रेम न त धनको न त प्रशिद्धिको सहारामा चल्ने कुरा हो । यो भनाइ संसारका सर्वाधिक धनी अरबपतिहरुको वैवाहिक जीवनसँग ठयाक्कै मेल खान्छ । संसारका केहि अरबपति धन र प्रशिद्धिका दृष्टिले संसारमा सबैभन्दा अगाडि त छन् तर उनीहरुको वैवाहिक जीवन सुखद हुन सकेको पाइदैन । ब्लुमबर्ग बिलेनियर इन्डेक्सको सूची हेर्दा एलन मस्क, जेफ बेजोस, बर्नार्ड अरनोल्ट तथा बिल गेट्स सबैभन्दा माथि देखिन्छन् । संजोगको कुरा के छ भने यी सबै अरबपतिको श्रीमतीसँग सम्बन्ध बिच्छेद भैसकेको छ ।

महँगो सम्बन्ध बिच्छेद– इलेक्ट्रिक कार निर्माण कम्पनी टेस्लाका सीईओ एलन मस्क संसारका सर्वाधिक धनी ब्यक्ति हुन । ब्लुमबर्ग बिलेनियर इन्डेक्स अनुसार मस्कसँग २४५ बिलियन डलर बराबरको सम्पत्ति छ । एलन मस्कले एउटै महिलासँग दुई पटक विवाह गरे भने दुवै पटक ती महिलासँग उनको पारपाचुके भयो । अहिले उनी अलग-अलग महिलासँग जोडिएर चर्चामा आउँछन् । संसारका दुई नम्बरका धनी जेफ बेजोससँग १९६ बिलियन डलर बराबर सम्पती छ । ई-कमर्स कम्पनी अमेजनका संस्थापक तथा सीईओ जेफ बेजोसले म्याकेन्जि स्कटसँग बिबाह गरेका थिए । दुई वर्ष पहिले उनीहरु बीच सम्बन्ध बिच्छेद भएको थियो । पारपाचुके पहिले जेफ बेजोस र उनकी श्रीमतीसँग अमेजनको १६ प्रतिशत सेयर थियो । सम्बन्ध बिच्छेद पछि त्यसबाट ४ प्रतिशत सेयर म्याकेन्जीको नाममा नामसारी भयो । त्यतिबेला उक्त सेयरको भ्याल्यु करिब ४ लाख करोड रुपैंयाँ थियो । जेफ बेजोसकी पुर्व श्रीमती म्याकेन्जी स्कटले अर्को विवाह गरिसकेकी छन् भने जेफ बेजोस अझैं सिंगल छन् ।

संसारका अर्का अर्बपति फ्रान्सको कन्जुमर कम्पनी एलबीएमएचका चेयरम्यान बर्नार्ड अर्नोल्ट हुन् । ब्लुमबर्ग बिलेनियर इन्डेक्स अनुसार बर्नार्डसँग १६५ बिलियन डलर बराबरको सम्पत्ति छ । ५ जना छोराछोरीका बुबा बर्नार्डले पनि एक पटक पारपाचुके लिएर दोस्रो पटक विवाह गरेका हुन् ।

फ्रेन्च/अमेरिकी व्यावसायी एवं आर्ट डिलर एलक वाइल्डेस्टीन र उनकी २१ वर्षिया श्रीमती जोसेलिनबीच १९९९ मा पारपाचुके हुँदा एलकले २५ हजार करोड रुपैयाँ (३.८ अरब डलर) तिरेका थिए जुन त्यतिबेलाको सबैभन्दा महंगो पारपाचुके मानिएको थियो । मिडिया बिजनेसका टाइकुन रूपर्ट मर्डोकले पनि १९९९ मै पारपाचुके लिएका थिए र त्यो पनि निकै महंगो पारपाचुके मानिएको थियो ।

यद्यपि मर्डोकले उक्त पारपाचुकेका लागि कति रकम चुकाए स्पष्ट हुन सकेन । तैपनि केहि रिपोर्टमा के दाबी गरियो भने मर्डोकले आफ्नी दोस्रो श्रीमती एना तोर्वलाई ३१ वर्ष लामो विवाह तोड्न १२.५ हजार करोड रुपैयाँ (१.७ अरब डलर) प्रदान गरेका थिए । लस भेगास स्थित प्रशिद्ध क्यासिनोका मालिक स्टीवले इलेन विन सँग दुई पटक विवाह गरे ।

उनीहरुको पहिलो विवाह १९६३ देखि १९८६ सम्म चलेको थियो भने दोस्रो विवाह १९९१ देखि २०१० सम्म चल्यो । दोस्रोपटकको पारपाचुकेमा इलेनले आठ हजार करोड रुपैयाँ बराबरको सम्पत्ति बुझिलिएको बताइन्छ ।

प्रतिक्रिया