शनिबार, जेठ ५, २०८१

आफ्नो परिवार खुसी बनाउन अपनाउनुहोस् यी उपाय !

नेपालखोज २०७८ पुष १५ गते ५:००

प्रगतिको लागि परिवारका सदस्यहरूबीच सधैं माया रहिरहनु आवश्यक छ । जहाँ मनमुटावको वातावरण हुन्छ, त्यहाँ नकारात्मक शक्तिले बास गर्न थाल्छ र त्यहाँ बस्ने सदस्यको उन्नतिको बाटो रोकिन्छ भन्ने मान्यता छ । वास्तुमा केही सरल उपायहरू बताइएका छन्, जसले परिवारमा प्रेम बढाउनुका साथै जीवनबाट नकारात्मक शक्ति र नकारात्मक विचारलाई हटाउन मद्दत गर्छ ।


ती उपायहरू यस्ता छन् ।
–यदि हातमा पैसा छैन वा अनावश्यक खर्च धेरै छ भने, शनिबार घर नजिकको कुनै पनि मन्दिरमा हलुवा र खिचडी दान गर्नुहोस् ।
–परिवारका सबै सदस्यले भुइँमा बसेर खाना खाएमा व्यापार वा कार्यस्थलमा समृद्धि आउनेछ ।
–आर्थिक समस्याबाट मुक्ति पाउनको लागि शनिबार ओखर वा नरिवललाई बगेको पानीमा फ्याँक्नुहोस् ।
–शुक्रबारको दिन देवी लक्ष्मीको अगाडि सुनका गहना राखेर केसरीको तिलक लगाउनुहोस् । कनकधारा स्तोत्र पढ्नुहोस् ।
–हरेक खाँचोमा परेकाहरूलाई मद्दत गर्ने प्रयास गर्नुहोस् ।
–घरपरिवारमा श्रीमानले खाना खाइसकेपछि श्रीमतीले खाना खानुपर्छ ।
–पतिले सधैं आफ्नी पत्नीलाई आदर गर्नुपर्छ ।
–सुखी दाम्पत्य जीवनको लागि पीपल र केराको रूखको पूजा गर्नुहोस् ।
–हरेक महिना आफ्नो श्रीमतीलाई तलब दिनुहोस् । त्यो तलब श्रीमतीले सुरक्षित राख्नुपर्छ ।
–कम तलबको लागि आफ्नो पार्टनरलाई कहिल्यै दोष नदिनुहोस् ।
–घरमा कमिला, चरा, गाई, कुकुर, कागका लागि खाना र पानीको व्यवस्था गर्नुहोस् ।
–बुधबार केटीहरूलाई हरियो लुगा वा हरियो चुरा दान गर्नुहोस् । पहेँलो कपडा, धार्मिक पुस्तक, पहेँलो खानेकुरा गुरु वा मन्दिरका पुजारीलाई दान गर्नुहोस् ।
–घरमा सुख शान्तिका लागि बिहान बेलुका कपूर जलाउनुहोस् । घरमा सधैं सुगन्धित वातावरण राख्नुहोस् ।

प्रतिक्रिया