बुधबार, वैशाख १७, २०८२

सिटिजन लाइफ इन्स्योरेन्स डिजिटल बिमालेख जारी गर्ने पहिलो कम्पनी बन्यो

नेपालखोज २०७८ पुष १५ गते १:००

काठमाडौं । ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा पु¥याउन नविनतम योजनाहरु ल्याउन सदैव अग्रसर सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजको आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै सहज तथा सर्वसुलभ गराउन “डिजिटल सिटिजन” अभियान अन्तर्गत डिजिटल (अभौतिक) बिमालेख सेवा सञ्चालनमा ल्याएको छ ।

अनिवार्यरुपमा भौतिक टिकट टाँस्नु पर्ने प्रावधानलाई सहजगर्दै बिमा समितिले बिमकले डिजिटल बीमालेख जारी गर्ने बाटो खुल्ला गरिदिए पछि, अभौतिक बीमालेख सञ्चालन गर्र्ने सिटिजन लाइफ इन्स्योरेन्स पहिलो कम्पनी हो । यस सेवाले कम्पनीको दक्षता बढाउनुका साथै, समयको बचत गराउँँदछ र कम्पनी र ग्राहकदुबैको लागि सजिलो वातावरण को सृजना गर्दछ ।

कम्पनीको “डिजिटल सिटिजन” अभियान अन्तर्गत अनलाईनमार्फत बिमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणाली पनि विगत २ वर्षदेखि सञ्चालनमा रहेको छ । यसका साथै अनलाईनबाट सजिलै दाबी प्रकृया पनि अगाडी बढाउन सकिन्छ । कम्पनीले विभिन्न तालिमहरु डिजिटल माध्यमबाट संचालन गरिरहेको छ ।

ग्राहक तथा अभिकर्ताहरुलाई कार्यालयसम्म आउनु पर्ने अवस्थालाई सहज बनाई समयको बचत गराउन र ग्राहक सेवालाई विश्व स्तरिय बनाउदै जाने क्रममा “डिजिटल सिटिजन” अभियान अन्तर्गत कम्पनीले आगामी दिनहरुमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको समेत कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राजपौडेलले जानकारी गराए ।

यसका साथै कम्पनीले ग्राहकहरुको सुविधालाई मध्यनजर गरी घरमै बसेर बिमा शुल्क तिर्न सकिने व्यवस्थाको लागि इ सेवा, फोन पे, कनेक्ट आईपिएसलगायतका डिजिटल बैकिङ्ग सुविधार कम्पनीको बैंक खाताहरु उपलब्ध गराउनुका साथै ग्राहक तथा अभिकर्ताले कम्पनीसंगको कारोबार तथा विवरण आफैले हेर्न मिल्ने पोर्टल समेत प्रचलनमा ल्याएको छ ।

प्रतिक्रिया