ल्होसार पर्वले राष्ट्रिय एकता प्रवर्द्धन गर्ने : अध्यक्ष तिमिल्सिना
नेपालखोज
२०७८ पुष १५ गते ७:१५

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तमु ल्होसार पर्वले सबै नेपालीका बीचमा हार्दिकता, धार्मिक सहिष्णुता र सम्मान कायम गर्दै राष्ट्रिय एकता प्रवर्द्धन गर्ने बताएका छन् ।
तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा २६०६औँ तमु ल्होसारका अवसरमा शुभकामना सन्देश दिँदै उनले तमु ल्होसार जस्ता चाडपर्वको संरक्षण, प्रवर्द्धन र विकास गर्नु राज्यको दायित्व रहेको बताए ।
उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक रहेको भन्दै हाम्रो देशमा ठाउँ÷समुदाय विशेषअनुसार फरक(फरक भाषा, धर्म, संस्कृति, वेषभूषा रहेको र हाम्रो पहिचान पनि भएको बताए । उनले तमु समुदायले पनि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र संवद्र्धन गर्नुपर्ने बताए ।
सम्बन्धित

प्रतिक्रिया