आज पनि उच्च पहाडी र हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापिय प्रणाली र भारतको बिहान आसपासमा रहेको न्यून चापिय क्षेत्रको प्रभाव रहेको छ ।
आज देशभर आंशिकदेखि सामान्य बदली रहि थोरै स्थाना वर्षा भइरहेको छ भने उच्च पहाडी तथाच हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहि पहाडी भू- भागको थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी र हिमाली भू-भागहरुका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
त्यस्तै, आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ । भने प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू- भागका थोरै स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै मौसाम देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको कारण चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रतिक्रिया