ग्लोबल आइएमई बैंकको डेबिट तथा क्रेडिट कार्ड नि:शुल्क

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले १५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा कार्ड तथा डिजिटल बैंकिङ्ग मार्फत गरिने कारोबारहरुमा छुट तथा क्यास ब्याक प्रदान गर्ने योजनाहरु सार्वजनिक गरेको छ । बैंकले वार्षिकोत्सवको अवसर पारेर ग्राहकहरुलाई पौष १५ गतेबाट माघ १५ सम्म (१ महिना) का लागि मोबाइल बैंकिङ्ग, डेबिट तथा क्रेडिट कार्ड निशुल्क उपलब्ध गराउने छ ।
ग्राहकहरुलाई थप छुट दिने उदेश्यका साथ पहिलो पटकको क्यूआर कारोबार, पस मेसिन मार्फत गरिने कारोबार तथा इकम कारोबारमा १५ प्रतिशत अथवा तीन सय रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने बैंकले जनाएको छ । पुस १७ गते देखि लागु हुने क्यास ब्याक योजना सिमित अवधिका लागि रहने बैंकले जनाएको छ ।
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८७ शाखा, २५२ एटीएम, २६३ शाखारहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब ८५० सेवा केन्द्रबाट २७ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।








प्रतिक्रिया