सुनचाँदीको मूल्य घट्यो

नेपालखोज २०७८ पुष १५ गते १२:५२

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ४ सयले घटेर ९२ हजार १ सयमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय कायम भएको छ । बुधबार उक्त सुन प्रतितोला ९२ हजार तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १५ घटेर रु एक हजार २४५ पुगेकोे महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९८ डलर आसपास कारोबार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया