बुधबार, वैशाख १७, २०८२

‘सानिमा बैंकमा खाता भएकाले यसरी पाउन सक्छन् आईफोन-१३’

नेपालखोज २०७८ पुष १५ गते १३:४५

काठमाडौं । सानिमा बैंकले नयाँ वर्षको अवसरमा ग्राहकहरुका लागि ‘सानिमा सजिलो इ–बैकिङ धमाका योजना’ सार्वजनिक गरेको छ । सानिमा सजिलो इ–बैंकिङ मार्फत् कारोबार गर्नेको लागि आकर्षक पुरस्कारको व्यवस्था गरेको छ ।

मोबाइल एप निर्माता एफवन सफ्टसँगको सहकार्यमा संचालित विजेता ३ जनाले आईफोन-१३, २ जना जोडीले बाली–इन्डोनेसिया भ्रमण र ५ जना जोडीले पोखरा भ्रमणमा जान पाउने छन् । पहिलो पटक कारोबार गर्ने १० जना ग्राहकले प्रत्येक दिन १०० रुपैयाँ क्यास ब्याक पनि प्राप्त गर्ने योजना बनाएको छ । सहभागी हुनका लागि ग्राहकहरूले सानिमा बैंकको मोबाइल बैंकिङ एप सानिमा सजिलो इ– बैंकिङ प्रयोग गरी ३ महिनामा कम्तीमा १५ वटा कारोबार गरेको हुनुपर्छ ।

जनवरी १ देखि मार्च ३१ सम्म यो योजना लागू हुने छ । सानिमा बैंकको देशभर ११९ वटा शाखा कार्यालय र ९७ वटा एटिएम संचालनमा छ ।

प्रतिक्रिया