पितृको नाममा श्राद्ध गर्न पूर्व राजा शाह गोकर्णेश्वरमा

काठमाडौं । पितृको नाममा श्राद्ध गर्न पूर्व राजा ज्ञानेन्द्र शाह गोकर्णेश्वर मन्दिर पुगेका छन् । आज बिहान शाह धार्मिक तीर्थ स्थल गोकर्ण गएका हुन् ।
गोकर्णेश्वरको उत्तरबाहिनीस्थित उत्तरगया गएका शाहले दिवंगत पितृको नाममा श्राद्ध गरेका हुन् । शाह पितृ श्राद्धको लागि आफ्ना पुरोहितसहित गेरु वस्त्र धोती, दौरा सुरुवाल र कमिज लगाएर उत्तरगया पुगेका थिए । तीर्थ श्राद्धस्थलको नामले चिरपरिचित उत्तरगया क्षेत्रमा आफ्ना दिवंगत पितृको नाममा पूर्व राजाले श्राद्ध गरेका हुन् ।
उत्तर तर्फको शिवपुरी बागद्वारबाट बहन सुरु भएको बागमती उत्तर बहिनी क्षेत्रमा आएपछि दक्षिणबाट उत्तरतर्फ बहने भएकोले यस क्षेत्रलाई उत्तरगयाको नामले चिनिन्छ । आफ्ना पितृका नाममा केही दशक पहिला तत्कालीन राजा वीरेन्द्रले पनि यस क्षेत्रमा अवस्थित कान्ति भैरवको मन्दिरमा पूजा आराधना गरेका थिए । यस क्षेत्रमा श्राद्ध, तर्पण गर्नाले पितृहरूको उद्धार हुने धार्मिक विश्वास एवम् मान्यता छ ।
प्रतिक्रिया