भारतले महाकाली नदीको नाम फेरेको रावलको आरोप
नेपालखोज
२०७८ पुष १५ गते १५:२१

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले भारतले महाकाली नदीको नाम फेरेको आरोप लगाएका छन् । आज सामाजिक सन्जालमार्फत नेता रावलले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई आफ्नो नक्शामा भारतले राखेको भन्दै सरकार र ठूला पार्टीको धारणाको माग गरे ।
उनले सरकार र ठूला दल यो विषयमा मौन बसेको भन्दै प्रश्न उठाए । रावलले देशको भूमिसम्बन्धी विषयमा मौन बसेर गठबन्धनका दलहरु प्रदेशमा मन्त्रालय फुटाएर भएपनि भागवण्डामा व्यस्त रहेको आरोप लगाए ।
सम्बन्धित

प्रतिक्रिया