आइतबार, वैशाख २३, २०८१

सन्दीप लामिछाने नै कप्तान : पुबुदु दासानायके

नेपालखोज २०७८ पुष १५ गते १६:१६

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले कप्तान परिवर्तन नहुने बताएका छन् । आज मुख्य प्रशिक्षकको रुपमा कार्यभार सम्हालेपछि पहिलो पटक पत्रकार सम्मेलनमा दासानायकेले कप्तान परिवर्तन नहुने बताएका हुन् ।

कप्तान परिवर्तनको अधिकार नेपाल क्रिकेट संघलाई हुने दासानायकेले बताए । क्यानले हालै मात्र ग्रेडिङमा असन्तुष्टि जनाएको भन्दै ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाएर सन्दीप लामिछानेलाई जिम्मेवारी दिएको छ । खेलाडीहरू भने निर्णय पुर्नविचार गर्न माग गर्दै आएका छन् ।

उनले नेपाल दोस्रो पटक आउन पाउँदा खुसी लागेको समेत बताए । उनले पहिले र अहिलेको अवस्था फरक रहेको बताए । उनले नेपाली खेलाडीहरु बाहिर गएर खेलिसकेका ले खेलाडीको मनोबल उच्च रहेको बताए ।

प्रतिक्रिया