बुधबार, वैशाख १२, २०८१

पहिलो टी–ट्वान्टी दक्षिण अफ्रिकाले ३३ रनले जित्यो

नेपालखोज २०७८ साउन ५ गते ७:३५

काठमाडौं । घरेलु टोली आयरल्याण्डविरुद्धको पहिलो टी–ट्वान्टी क्रिकेट दक्षिण अफ्रीकाले जितेको छ । डुब्लिनमा सोमबार भएको खेलमा दक्षिण अफ्रीकाले आयरल्याण्डलाई ३३ रनले पराजित गरेको हो ।

यस जितसँगै तीन खेलको टी–ट्वान्टी सिरिजमा दक्षिण अफ्रीकाले १–० को अग्रता बनाएको छ । दक्षिण अफ्रीकाले दिएको १ सय ६६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो ।

आयरल्याण्डका लागि ह्यारी टेक्टरले ३६ रन बनाए । बेरी म्याक कार्थीले अविजित ३० तथा जोस लिटल १५ रनमा अविजित रहे । कप्तान एन्डी बलब्रिनेले २२ रन बनाएर आउट भए । दक्षिण अफ्रीकाका ताब्रेज सामीले ४ विकेट लिए । लुंगी एनजिडी र जर्ज लिन्डेले २/२ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो ।

प्रतिक्रिया