माओवादी महाधिवेशन : सकियो समूहका नेताले निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम
नेपालखोज
२०७८ पुष १५ गते १७:४४

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल सकिएको छ । बुधबार ११ समूहले निष्कर्ष प्रस्तुत गरेकोमा बाँकीले आज निष्कर्ष प्रस्तुत गरेका हुन् ।
प्रतिवेदनमाथिको छलफल सकिएपछि माओवादीको स्थायी कमिटी बैठक सुरु भएको छ । स्थायी कमिटीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि भनिएको पूरक वा फरक प्रस्तावलाई महाधिवेशनमा वाचन गर्न दिने कि नदिने भन्ने विषयमा छलफल हुनेछ ।
प्रचण्डको प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिले २५ समूहमा छलफल गरेका थिए । त्यसपछि टोली नेताहरुले छलफलको निष्कर्ष सुनाएका थिए । समूहगत छलफल सकिएपछि अब बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ । शुक्रबार अनुशासन, लेखा र निर्वाचन आयोगको प्रतिवेदन पेस गर्ने र त्यसपछि प्रचण्डले जवाफ दिनेछन् ।
सम्बन्धित

प्रतिक्रिया