रोनाल्डो सहभागी म्यानचेस्टर युनाइटेडले बर्नलीलाई हरायो
नेपालखोज
२०७८ पुष १६ गते ९:४६

काठमाडौं । इंग्लिस प्रिमियर लिगअन्त फुटबल प्रतियोगिता अन्तर्गत गएराति अबेर भएको खेलमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई १ का विरद्ध ३ गोलले पराजित गरेको छ ।
युनाइटेडलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले एक गोलको योगदान दिए । यस्तै स्कट म्याक टोमिनेले एक गोल गरेका थिए । एक गोल भने बर्नलीले आत्मघाती गरेको थियो । बर्नलीका लागि आरोन लेननले एक गोल गरे ।
जितसँगै युनाइटेड अंकतालिकामा ३१ अंक जोड्दै छैटौं स्थानमा पुगेको छ । बर्नली ११ अंकका साथ १८ औं स्थानमा रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया