थप प्रतिवेदनमाथि छलफल गर्दै माओवादी महाधिवेशन सकिने
नेपालखोज
२०७८ पुष १६ गते १०:०४

काठमाडौं । नेकपा माओवादी केन्द्रको काठमाडौंमा जारी आठौं महाधिवेशन थप प्रतिवेदनमाथि छलफल गर्दै सकिने भएको छ ।
अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमाथि सबै समूहले सुझाव दिने काम बिहीबार सकिएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमाथि बुधबारदेखि समूहगत सुझाव पेस गर्ने काम सुरु भएको थियो । माओवादीको जारी महाधिवेशनमा आज दिउँसो भने लेखा, अनुशासन र निर्वाचन आयोगको प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ ।
यस्तै प्रस्तुत प्रतिवेदनमाथि छलफल पनि गरिनेछ । प्रतिवेदनमा उठेका सवालका अध्यक्ष प्रचण्डले जवाफ दिनेछन् । प्रचण्डको जवाफसँगै नयाँ केन्द्रीय समिति चयन गरिनेछ ।
सम्बन्धित

प्रतिक्रिया