सुनचाँदीकै मूल्य बढ्याे, आजकाे भाउ कति ?

नेपालखोज २०७८ पुष १६ गते १०:४७

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीकै भाउ बढेकाे छ । छापावाल सुन आज प्रतितोला ६ सय रूपैयाँले बढेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९२ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य १५ रूपैयाँले बढेकाे छ । आज चाँदी १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी बिहीबार १२ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया